वैशाख २१ मा ‘मनसरा’ प्रदर्शन

हिमाल प्रेस २९ मंसिर २०८० १६:२१
28
SHARES
वैशाख २१ मा ‘मनसरा’ प्रदर्शन

काठमाडौँ- आगामी वर्ष बैशाख २१ मा फिल्म ‘मनसरा’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पोस्टरसहित वैशाख २१ गतेलाई प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगरलाई देख्न सकिन्छ। उनी झोला बोकेर निराश भएर कतै हिँडिरहेकी अनुमान गर्न सकिन्छ। फिल्म महिलाको मनोदशा र सामाजिक कथावस्तुमा आधारित हुने बताइएको छ।

फिल्ममा मिरुनासहित दयाहाङ राई, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकीलगायतको अभिनय छ।

फिल्म उपेन्द्र सुब्बाले निर्देशन गर्दैछन्। यो सुब्बाको दोस्रो निर्देशन हो। यसअघि सुब्बाले गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’ निर्देशन गरेका थिए।

फिल्म कबड्डी फिल्मस्को ब्यानरमा बन्ने फिल्मका निर्माता छायांकार शैलेद्र ध्वज कार्की हुन्। निर्देशक सुब्बाकै लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =