‘चित्रा’ को टिजर सार्वजनिक

हिमाल प्रेस २ पुष २०८० १७:०१
150
SHARES
‘चित्रा’ को टिजर सार्वजनिक

काठमाडौँ– फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ। साेमबार ओएरआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो।

बाबु-छोरीको कथामा आधारित फिल्मको टिजरमा उनीहरुको जीवनमा आइपर्ने उत्तारचढाव देख्न सकिन्छ। एक मिनेट २४ सेकेन्डकाे टिजरमा कलाकार सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधानलगायत देखिएका छन्।

फिल्ममा अन्य कलाकार अन्जना बराइली, सिम्रन खड्का, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र बाल कलाकार आयुशी ढकालको अभिनय छ।

पुष २७ गते प्रदर्शन हुने फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। फिल्ममा अजय अधिकारीको कथा र मनिश गौतमको पटकथा तथा संवाद छ।

यसअघि निर्माण टिमले पारिवारिक फिल्म भएकोले १० वर्ष मुनिका बालबालिकालाई नि:शुल्क देखाइने घोषणा गरेको थियो। त्यस्तै चित्रा नाम भएको बालिकालाई प्रमाणको आधारमा ३ वटा टिकट सित्तैमा दिइने पनि बताइएको छ।

महेश पौडेलले छायांकन गरेको फिल्म सम्राट बस्नेतले द्वन्द्व निर्देशन, राजनराज शिवाकोटीको संगीत, बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन्। फिल्मका निर्माता आशिष थापा मगर हुन्। भने फिल्मकाे कार्यकारी निर्मातामा कलाकार सन्तोष अधिकारी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =