१० वर्ष मुनिका बालबालिकालाई ‘चित्रा’ निःशुल्क

हिमाल प्रेस २५ मंसिर २०८० १२:२३
46
SHARES
१० वर्ष मुनिका बालबालिकालाई ‘चित्रा’ निःशुल्क

काठमाडौँ– १० वर्ष मुनिका बालबालिकालाई फिल्म ‘चित्रा’ निःशुल्क देखाइने भएको छ। फिल्म बाबु-छोरीको कथामा आधारित भएकाले यो घोषणा गरिएको कलाकार तथा कार्यकारी निर्माता सन्तोष अधिकारीले बताए।

उनका अनुसार बालबालिकालाई टिकट निःशुल्क हुने भएता पनि अभिभावकलाई  शुल्क लाग्नेछ। त्यस्तै चित्रा नाम भएको बालिकाले प्रमाणको आधारमा ३ वटा टिकट सित्तैमा पाउने निर्माण टिमले घोषणा गरेको छ।

सो घोषणा व्यापारिक प्रयोजनको लागि नभएर प्रत्येक घरमा पारिवारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले गरिएको सन्तोषको दाबी छ। ‘हामीले उठाएको कथावस्तुका कारण हरेक आमा–बाबु तथा सन्तानले फिल्म एकसाथ हेर्नुहोस् भन्ने हो। म स्वयं पनि एक सन्तानको पिता भएकाले यस्तो निर्णय गरेको हुँ।’ अधिकारीले भने।

फिल्म आगामी पुष २७ गते प्रदर्शन हुनेछ। फिल्मका निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्ममा अजय अधिकारीको कथा र मनिश गौतमको पटकथा तथा संवाद छ।

सन्तोषसहित फिल्ममा कलाकार अर्पण थापा, प्रमोद अग्रहरि, शुभेक्षा खड्का, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र बाल कलाकार आयुशी ढकालको अभिनय छ।

महेश पौडेलले छायांकन गरेको फिल्म सम्राट बस्नेतले द्वन्द्व निर्देशन, राजनराज शिवाकोटीको संगीत, बनिश शाह र सन्देश शाहले सम्पादन गरेका छन्। फिल्मका निर्माता आशिष थापा मगर हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =