एसीसीए सर्वेक्षणले उजागार गरेका नयाँ तथ्य

हिमाल प्रेस ७ फागुन २०७९ १८:०३
80
SHARES
एसीसीए सर्वेक्षणले उजागार गरेका नयाँ तथ्य

काठमाडौँ- एसोसियसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्टस् (एसीसीए)ले ग्लोबल ट्यालेन्ट ट्रेन्ड्सका विषयमा सर्वेक्षण गरेको छ। ‘ग्लोबल ट्यालेन्ट ट्रेन्ड्स सर्वेक्षण २०२३’ अकाउन्टेन्सी पेसामै गरिएको हालसम्मको सबैभन्रदा ठूलाे  अध्ययन रहेको एसीसीएको दाबी छ। उक्त सर्वेक्षणले अकाउन्टेन्सी पेसामा काम गर्दा मानिसले कस्तो महसुस गर्छन्? भन्ने देखाएकाे छ।

सर्वेक्षणमा १४८ देशका ८ हजारभन्दा बढी अकाउन्टेन्ट सहभागी थिए। उनीहरूलाई भविष्यमा कामको बारेमा गरेका चिन्ता र यो पेसाको आकर्षणबारे प्रश्नहरू सोधिएको थियो। सर्वेक्षणले कार्यस्थलका मुद्दा, कामप्रतिको लगाव र कार्यस्थलमा अपनाइएको प्रविधिबारे पनि नयाँ तथ्य उजागर गरेको छ।

सर्वेक्षणका हाइलाइट

सर्वेक्षणबाट प्राप्त नतिजाले कार्यस्थल संक्रमणकालीन अवस्थाबाट गुज्रिएको तथ्य फेला परेको छ। छोटो अवधिका चुनौतीसँग जुध्न र ठूला तथा दीर्घकालीन अप्ठ्यारा समाधान गर्ने विषयमा सर्वेक्षणले प्रष्ट पारेको छ। कोभिड–१९ महामारी र त्यसपछिको अवस्थाले सबै पेसा, व्यवसायको कार्यशैली परिवर्तन गरिदिएको छ। यसलाई कसरी सम्बोधन गर्ने र छोटो अवधि तथा कम जनशक्तिमा काम लिने सकिनेलगायत उपाय पनि सर्वेक्षणबाट प्राप्त उपलब्धि रहेका एसीसीएसको भनाइ छ।

यस सर्वेक्षणबाट प्राप्त उपलब्धिलाई विभिन्न क्षेत्रमा उपयोग गर्न सकिन्छ। एसीसीएले निम्न विषयमा यो सर्वेक्षणको नतिजा विशेषगरी उपयोगी हुने बताएको छ।

अकाउन्टेन्ट- यसबाट प्राप्त नतिजालाई हरेक अकाउन्टेन्टले व्यक्तिगतरूपमा अनुभव गर्न, साथीहरूसँग बाँड्नका साथै आत्मनिर्णयको लागि बलियो रूपमा प्रयोग गर्न सक्छन्।

रोजगारदाताहरू- कर्मचारी व्यवस्थापन, कर्मचारी छनोट र प्रशिक्षण तथा नयाँ रणनीति बनाउन यो सर्वेक्षणको नतिजा अत्यन्तै उपयोगी हुनेछ।

दक्ष जनशक्ति विकास गर्न चासो भएकाहरू- एसीसीएको सर्वेक्षणले भविष्यमा आउन सक्ने चुनौती र अप्ठ्याराबारे उजागार गरेको छ। जसले शिक्षा, रोजगार नीति र रणनीति तय गरेर सक्षम जनशक्ति उत्पादन गर्ने थलोका लागि यो झन् उपयोगी हुनेछ। ‘ग्लोबल ट्यालेन्ट ट्रेन्ड्स सर्वेक्षण, २०२३’ ले सात मुख्य विषयवस्तु पहिचान गरेको छ। रोजगारदाताहरूमा दक्ष जनशक्तिको अभाव हुन नदिन यसले नयाँ सुझाव दिएको छ। नयाँ जागीर र सुनौलो भविष्यको लागि महत्वाकांक्षासहित जागीर छाड्नेहरूको संख्या दिनहुँ बढेको छ। त्यसका साथै नयाँ कम्पनीले आकर्षक तलबसहित उनीहरूलाई लैजाने समस्या पनि उत्तिकै छ।

१. तलबमा मूल्यवृद्धिको प्रभाव – कर्मचारीहरूको मुख्य चिन्ता मूल्यवृद्धिको प्रभाव रहेको छ। जुन सम्बोधन गर्न बाध्य हुनुपर्ने विषय रोजगारदाताहरूको लागि टाउको दुखाइ बनेको छ। अर्कोपट्टी कर्मचारीहरूको लागि सबैभन्दा ठूलो चिन्ता तलब नबढ्ने र कार्यस्थ लबनेको छ।

२. हाइब्रिड कार्य प्रगति- सर्वेक्षणमा सहभागी आधाभन्दा बढीले ‘हाइब्रिड’ कार्य प्रगतिमा रोजगारदाता सहभागी नभएको बताएका छन्। सहभागीमध्ये ८७ प्रतिशतले कम्तीमा एक दिन भए पनि बाहिर बसेर काम गर्न चाहेका छन्। उनीहरूले कार्यालयमा हुने उपस्थितिभन्दा कामको गुणस्तर हेर्नुपर्ने अपेक्षा राखेका छन्।

३. थकान र तनाव सम्बोधन- कार्यालयको काम गर्ने शैलीले धेरै कर्मचारीलाई उच्च तनाव र थकान दिएको छ। ८८ प्रतिशत उत्तरदाताले राम्रो काम र जीवनबीच सन्तुलन चाहेका छन्। ७१ प्रतिशतले मानसिक स्वास्थ्य व्यवस्थापन गर्न आफ्नो कार्यस्थलबाट थप मद्दत चाहेका छन्।

४. कर्मचारी फेरबदलको प्रभाव- दक्ष जनशक्तिको अभावले कर्मचारी फेरबदल निकै रहेको छ। यसले सक्षम कर्मचारीको पलायन उत्तिकै तीव्र छ। सर्वेक्षणमा सहभागीमध्ये ४४ प्रतिशतले १२ महिनामै अर्को कार्यालय फेर्ने गरेको बताएका छन्। ६९ प्रतिशतले दुई वर्षमै कार्यालय छोड्ने बताएका छन्।

५. प्रविधिसँगै चुनौती पनि- प्रविधिले उनीहरूको काम र करियर बढाउने सहभागीहरूले बताएका छन्। यद्यपी ४२ प्रतिशतले प्रविधिको विकासले आफूहरूलाई चुनौती थपेको बताएका छन्।

६. समावेशी उपाय र सामाजिक गतिशीलता- ६८ प्रतिशतले आफ्नो समाज, संस्कृति समावेशी भएको महसुस गरेका छन्। तर कार्यथलो र त्यसको गतिशीलता सोअनुरुप अघि नबढेको बताएका छन्।

७. अकाउन्टेन्सीले भविष्य सुरक्षित बताउँछ- परिवर्तनशील समयमा अकाउन्टेन्ट पेसालाई सुरक्षित भविष्यको विकल्पको रूपमा हेरिएको छ। यो पेसाले प्रदान गर्ने सुरक्षा, सम्मान र अवसर अत्यधिक रहेको सर्वेक्षणले देखाएको छ।

प्रकाशित: ७ फागुन २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =