‘ह्याप्पी बर्थडे’ एसीसीए

हिमाल प्रेस १४ मंसिर २०८० १३:५१
18
SHARES
‘ह्याप्पी बर्थडे’ एसीसीए तस्बिर: एसीसीए ग्लाेबल

काठमाडौँ– हाम्रो यात्रा ३० नोभेम्बर १९०४ मा सुरु भयो। यसको गठन आठ जना अकाउन्टेन्टले गरेका थिए। उनीहरूको उद्देश्य अकाउन्टेन्ट पेसामा आउन चाहनेहरूलाई हौसला दिनु, प्रशिक्षण दिएर दक्ष बनाउनु र संसारभरका अकाउन्टेन्टहरूलाई एउटै समूहमा गोलबद्ध गर्नु थियो। संस्थापकहरूले ११९ वर्षअघि जे सोचेका थिए, आजको समयमा आएर त्यो उक्ति झन् सान्दर्भिक र समय सान्दर्भिक भएको छ।

एसीसीएले यात्रा सुरु गरेको तीन वर्षमा यसका सदस्य पाँच देशमा फैलिसकेका थिए। सन् १९१० मा एसीसीएको परीक्षा बेलायतभन्दा बाहिर पनि हुन थाल्यो। त्यसपछि सन् १९३० र ४० को दशकमा एसीसीएका शाखा विश्वभर फैलिए। सन् १९५० देखि ७० को बीचमा एसीसीएले २५ हजार विद्यार्थी र सदस्य पाइसकेको थियो। सन् १९७० देखि २००२ को बीचमा ६०० प्रतिशतले  यसका सदस्य बढे। अहिले १७८ देशमा एसीसीएका २३३ भन्दा बढी शाखा भइसकेका छन्। अध्यापनका लागि खुलेका इन्स्टिच्युटको संख्या त असंख्य छ।

हामी के हाैँ?

एसोसिएटेड चार्टर्ड सर्टिफाइड अकाउन्टेन्टस् (एसीसीए) का अहिले विश्वभर गरेर २ लाख ४१ हजारभन्दा बढी सदस्य छन्। ५ लाख ४२ हजार सदस्य निकट भविष्यमै तयार हुँदैछन्। हामी अकाउन्टेन्ट पेसालाई समाजको कोसेढुंगाका रूपमा चिन्छौँ। जसले सरकारी र निजी दुवै क्षेत्रलाई ‘ड्राइभ’ गर्छ। त्यसकारण बलियो अकाउन्टेन्टलाई मुलुक र विश्वलाई आर्थिक रूपमा नयाँ उचाइमा पुर्‍याउँछ भन्ने हामीलाई विश्वास छ।

हाम्रा सदस्यहरूले प्रविधिको प्रयोग गर्दौ सधैँ अगाडिको बाटो हेर्छन्। संस्थाका लागि उपयुक्त आर्थिक वातावरण बनाउने र त्यसलाई समाजका लागि प्रयोग गर्ने एसीसीएका सदस्यको सधैँ ध्येय हुन्छ। हरेक दिन एसीसीए सदस्यले व्यक्ति, संस्थालाई साथ दिएर उचित निर्णय गर्दै दिगो बाटोमा डोर्‍याउनेमा शंका छैन।

हामी समाजको विश्वास जितेर समावेशी विकास, समावेशी समाज, एकीकृत विश्व बनाउन आफ्नो पेसागत मर्यादा र सीप विकासमा हरदम लागिरहेकै छौँ। यसमा आबद्ध हुन र सदस्य लिन हरेक योग्य युवाको लागि बाटो सधैँ खुला छ। जसलाई हामी शिक्षा र अनुभव दिएर संस्थालाई आर्थिक रूपमा बलियो बनाउन खटाउँछौँ।

हामी स्वतन्त्र रूपमा अध्ययन, अनुसन्धान गर्दै जवाफ दिन्छौँ र भोलिका लागि प्रश्न तयार गर्छौँ। जसमा हाम्रा विश्वभरका सदस्यको साथ र मत रहन्छ। हाम्रा सदस्यले आर्थिक हिसाबले बलियो संस्था, समाज, देश र विश्व बनाउन आफूजस्तै सक्षम जनशक्ति उत्पादनमा हरेक दिन खटिएका छन्।

हामी भोलिको सोचेर पेसाको नेतृत्व गर्छौँ ।

कस्तो कोर्स?

पढ्दै गर्दा काम गर्न सकिने, पाठ्यक्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक तलब र अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो मागका कारण एसीसीएप्रति विद्यार्थी आकर्षित हुँदै गएका छन्।

विश्वभर एकै परीक्षा प्रणाली, कोर्स र मान्यता एसीसीएको विशेषता हो। उपयुक्त जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय अवसरलगायत कारण एसीसीएको माग हरेक वर्ष बढेको छ। एसीसीएको मान्यता पाउन १४ पेपर पास गर्नुपर्ने प्रावधान भए पनि स्नातक र स्नातकोत्तर तह पूरा गरिसकेकाको हकमा भने ११ पेपर मात्रै दिए पुग्छ। विद्यार्थीले इच्छाअनुसार पेपर छनोट गर्न पाउँछन्।

सामान्यतया एसीसीए कोर्स पूरा गर्न चारदेखि पाँच वर्ष लाग्छ। नलेज, स्किल्स र प्रोफेसनल गरी एसीसीएका तीन तह हुन्छन्। नलेज तहमा भर्ना हुन कक्षा १२ पास गरेको हुनुपर्छ। स्किल्सका लागि स्नातकको योग्यता चाहिन्छ। प्रोफेसनल तहमा भने एकाउन्टेन्सी पास गरिसकेकाले सोझै प्रवेश पाउँछन्। कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीले पनि फाउन्डेसन इन एकाउन्टेन्सी कोर्स पूरा गरेपछि यो कोर्स पढ्न पाउँछन्।

पेपर छनोट गरी परीक्षा दिन पाइने र सैद्धान्तिकभन्दा व्यावहारिक पाटो बढी भएकोले एसीसीए पढ्न सहज छ। अनुत्तीर्ण विषयको मात्रै पुनः परीक्षा दिनुपर्ने र आफूलाई पायक परेको समयमा परीक्षामा सहभागी हुन सकिने सहुलियत पनि छ। नेपालमा पढाउने संस्थाअनुसार शुल्क फरक भए पनि करिब ५–७ लाखको लागतमा एसीसीए कोर्स पूरा गर्न सकिन्छ।

प्रकाशित: १४ मंसिर २०८० १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =