एसीसीए नेपालको सदस्य नेटवर्किङ कार्यक्रम सम्पन्न

हिमाल प्रेस ४ असार २०८० १५:५०
38
SHARES
एसीसीए नेपालको सदस्य नेटवर्किङ कार्यक्रम सम्पन्न

काठमाडौँ- एसीसीए नेपालले वार्षिक नयाँ सदस्य समारोह र सदस्य नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जुन २०२२ देखि मे २०२३ को बीचमा एसीसीएको उपाधि प्राप्त गरेका ५८ नयाँ सदस्य सहभागी थिए।

होटल याक एण्ड यतिमा भएको उक्त कार्यक्रममा एसीसीएका ग्लोबल अध्यक्ष जोसेफ ओओलाबी पनि उपस्थिति थिए। कार्यक्रममा नेपालमा रहेका एसीसीएका वरिष्ठ सदस्यहरूसँग अन्तरक्रियासमेत गरिएको थियो।

कार्यक्रममा एसीसीएका वरिष्ठ सदस्य प्रतापप्रसाद प्रधानलाई सम्मान गरिएको थियो। उनले नेपालमा एसीसीए समुदायको हितमा गरेको काम र सहयोगको मूल्यांकन गर्दै सम्मान गरिएको एसीसीए नेपालले जानकारी दिएको छ।

एसीसीएका नयाँ तथा पुराना सदस्यको सम्मानमा गरिएको कार्यक्रमले एसीसीएको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। कार्यक्रम एसीसीए सदस्यबीच सहकार्य र आपसी हितको भावना बलियो बनाउन उपलब्धीमूलक भएको एसीसीए नेपालको भनाइ छ।

 

 

 

 

प्रकाशित: ४ असार २०८० १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =