हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र एसीसीए नेपालबीच सम्झौता

हिमाल प्रेस २७ चैत २०७९ १६:३६
18
SHARES
हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र एसीसीए नेपालबीच सम्झौता

काठमाडौँ- पुतलीसडकस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज र एसीसीए नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहबीच कलेजका प्रिन्सिपल तोयानारायण पौडेल र एसीसीए नेपालका एसीसीए नेपालका प्रमुख रविन कटुवालबीच सम्झौता पत्रमा हस्ताक्षर  भएकाे हाे।

सम्झौता पत्रमा एसीसीए र कलेजबीच सहकार्य गर्ने उल्लेख रहेको कलेजका प्रशासकीय प्रमुख नारायण आचार्यले जानकारी दिए। एसीसीए बेलायतको एसोसिएसन अफ चार्टर्स सर्टिफाएट एकाउन्टेन्सीले सञ्‍चालन गरेकाे एकाउन्टेन्सी काेर्स हो। विश्वका १ सय ८० देशमा पढाइ हुने यो कोर्ष विश्वमै लाेकप्रिय मानिन्छ।

कार्यक्रममा स्‍नातक र स्‍नातकाेत्तर तहमा अध्ययनरत विद्यार्थीहरू र विभागीय प्रमुखहरू उपस्थित  थिए।

हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा सञ्‍चालित व्यवस्थापन संकायका एमबीए, इएमबीए, बीबीए, बीएचएम कार्यक्रम सञ्चालन गर्दै आएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =