सुशान्त यादव बने एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट

हिमाल प्रेस ३ माघ २०८० १६:००
62
SHARES
सुशान्त यादव बने एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट

काठमाडौँ- एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) को डिसेम्बर २०२३ सेसनमा सुशान्त यादव ‘वर्ल्ड टपर’ बनेका छन्। काठमाडौँस्थित सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) मा अध्ययनरत यादव एफएम (फाइनान्सिएल मेनेजमेन्ट) पेपरमा ९९ अंक ल्याएर ‘वर्ल्ड टपर’ भएका हुन्।

यो पेपरको परीक्षामा विश्वभरका हजारौँ विद्यार्थी सहभागी थिए। यादव सन् २०२२ देखि एसीसीए अध्ययनरत छन्। उनलाई कलेजले ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

हालै मात्र कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीए आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज बनेको हो। सीसीएले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आएको छ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो। १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: ३ माघ २०८० १६:००

प्रतिक्रिया

One thought on “सुशान्त यादव बने एसीसीए परीक्षामा विश्वमै उत्कृष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =