बझाङमा झर्‍यो १५ प्रतिशत मत

हिमाल प्रेस १५ वैशाख २०८१ १२:३४
4
SHARES
बझाङमा झर्‍यो १५ प्रतिशत मत

काठमाडौँ- बझाङ प्रदेशसभा-१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार मध्याह्न १२ बजेसम्म १५ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय बझाङका सूचना अधिकारी गोरक केसीका अनुसार भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको छ ।

बझाङ प्रदेश सभा १ मा ६१ हजार ७ सय ८४ मतदाता छन् । जसमा ३१ हजार ५ सय ४९ पुरुष र ३१ हजार १ सय ९९ महिला मतदाता छन् ।

प्रकाशित: १५ वैशाख २०८१ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =