जसपाको कार्यकारी समितिको बैठक बस्दै

हिमाल प्रेस १५ वैशाख २०८१ १०:४८
जसपाको कार्यकारी समितिको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने छ। बैठक दिनको ४ बजे पार्टी कार्यालयमा बस्ने छ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत संघ संगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो ।

निर्देशिकाले जसपाको करिब १ लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ ।

प्रकाशित: १५ वैशाख २०८१ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =