एसीसीएले पायो दुई अवार्ड

हिमाल प्रेस २१ असार २०८० १२:४१
8
SHARES
एसीसीएले पायो दुई अवार्ड

काठमाडौँ– एसीसीएले सन् २०२३ का लागि दुई व्यावसायिक अवार्ड पाएको छ।

‘इन्टरनेशनल एकाउन्टेन्सी फोरम एन्ड अवार्ड’ले एसीसीएलाई ‘वर्ष व्यावसायिक निकाय’ र ‘वर्ष सञ्चार अभियान’ २०२३ को अवार्ड दिएको हो।

विश्वभर एसीसीएको अभ्यास र आफ्ना सदस्यहरूलाई गरेको सही परिचालनलाई मूल्यांकन गर्दै उक्त अवार्ड दिइएको फोरमले जनाएको छ।

एसीसीएलाई विश्वव्यापी बनाउन गरिएको प्रचार, सही र तथ्यपरक सूचना सम्प्रेषण र ‘एकाउन्टिङ फर बेटर वर्ल्ड’जस्ता अभियानका कारण वर्ष सञ्चार अभियानको अवार्ड दिएको कम्पनीले जनाएको छ।

अघिल्लो महिनामात्रै एसीसीएले जीइएनसीएफओको तर्फबाट ‘रिसोर्स अफ दि इएर’ अवार्ड हात पारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =