एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : एनपी  साउद

हिमाल प्रेस १५ वैशाख २०८१ १४:३१
8
SHARES
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : एनपी  साउद

पर्सा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरूबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने धारणा व्यक्त गरे।

‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन,’ उनले भने, ‘कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुईवटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुंग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्ने सन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्तासाझेदारी गर्न सकिन्छ।’

नेता साउदले हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताए।

प्रकाशित: १५ वैशाख २०८१ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =