खाजा खान जाउँ भन्दै बसभित्र लगेर सामूहिक बलात्कार

हिमाल प्रेस २७ वैशाख २०८१ १९:४०
438
SHARES
खाजा खान जाउँ भन्दै बसभित्र लगेर सामूहिक बलात्कार सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चन्द्रबहादुर थापा, विनोद परियार र कृष्ण रानाभाट ।

काठमाडौँ- पोखरामा सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन्। कास्कीको मादी गाउँपालिका ९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा,मादी १२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

पक्राउ पर्नेहरूले वैशाख २४ गते राति पोखरा-१०,अमरसिंहचोकमा भेटिएकी एक महिलालाई फकाएर खाजा खान जाऊँ भन्दै अमरसिंहचोककै खेलकुद मैदानमा रहेको ग १ ख ६५९५ नम्बरको बसमा लगेका थिए। बसमा पुर्‍याएपछि उनीहरूले ती महिलालाई बियर खुवाएको र सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ।

उनीहरूलाई २५ गते बिहान ४ बजे वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूविरुद्ध सामूहिक बलात्कारको मुद्दाअन्तर्गत कारबाही अगाडि बढाइएको डीएसपी शर्माले जानकारी दिए।

उनीहरू तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट सामूहिक जबरजस्ती करणीको मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: २७ वैशाख २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =