गुटउपगुटले कांग्रेसलाई कमजोर बनायो : महत

हिमाल प्रेस १६ वैशाख २०८१ ८:४७
6
SHARES
गुटउपगुटले कांग्रेसलाई कमजोर बनायो : महत

नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीलाई कमजोर बनाउने क्रियाकलापमा नलाग्न नेताकार्यकर्तालाई आग्रह गरेका हुन्।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले गुटउपगुटले पार्टीलाई कमजोर बनाएकाले एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।

पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्दै गुटउपगुट बनाउँदा कसैलाई फाइदा नहुने भन्दै महतले विगतमा यस्तै क्रियाकलपा नुवाकोटसहित देशभर पार्टी कमजोर अवस्थामा पुगेको धारणा राखे।

उनले कांग्रेस सरकारमा रहँदा गरेका राम्रा कामबारे प्रचारप्रसार गर्नुसमेत अपिल गरे। ‘नागरिकको राजनीतिक तथा सामाजिक स्वतन्त्रता, शासकीय व्यवस्था र शान्ति स्थापनामा कांग्रेसले पुर्‍याएको योगदानबाट नै देश विकास र समृद्धितर्फ अगाडि बढेको छ। त्यसैले आगामी निर्वाचनमा कांग्रेस एक्लैले ५० प्रतिशत मत ल्याउने गरी पार्टीलाई बलियो बनाउन लागौँ’,उनले भने।

पार्टी कमजोर भएकै कारण गत आमनिर्वाचनमा गठबन्धन गर्न बाध्य बनाएकाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने कि गठबन्धन गर्ने भन्ने विषय आम नेता कार्यकर्ताको भूमिकामा भरपर्ने उनको भनाइ थियो।

प्रकाशित: १६ वैशाख २०८१ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =