कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २७ वैशाख २०८१ ७:०६
कांग्रेस संसदीय दलको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।

शुक्रबार सुरु हुने बजेट अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

बैठक संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेछ।

यस्तै सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग उठाउँदै अघिल्लो अधिवेशनमा कांग्रेसले संसद्‍मा विरोध जनाएको थियो।

सो विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

प्रकाशित: २७ वैशाख २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =