संसद्‍बारे रणनीति बनाउन कांग्रेसको संसदीय बैठक जारी

हिमाल प्रेस ७ जेठ २०८१ १०:३३
2
SHARE
संसद्‍बारे रणनीति बनाउन कांग्रेसको संसदीय बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दल बैठक सुरु भएको छ।

संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सोमबार बिहान १० बजेदेखि संसदीय दल बैठक सुरु भएको हो।

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकअघि कांग्रेस संसदीय दल बैठक बसेको हो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरुपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।

 

प्रकाशित: ७ जेठ २०८१ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =