मटिहानीका आगलागीपीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण

हिमाल प्रेस २७ वैशाख २०८१ २१:४३
6
SHARES
मटिहानीका आगलागीपीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण

महोत्तरी- महोत्तरीको मटिहानीमा भएको आगलागीपीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

मटिहानी नगरपालिका, सेभ द चिल्ड्रेन र रतौली युवा क्लबको समन्वयमा बिहीबार आगलागीपीडित दुई सय २१ बालबालिकालाई कापी, कलम, पोसाक, झोलासहित १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो।

बालविकासदेखि कक्षा ५ सम्मका ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा ६ देखि १२ सम्मका ३२ बालक र ३० बालिकासहित दुई सय २१ जनालाई तीन लाख ७१ हजार पाँच सयभन्दा बढीका शैक्षिक सामग्री वितरण गरिएको नगरप्रमुख हरि मण्डलले जानकारी दिए।

गत वैशाख १२ गते नगरपालिकाको वडा नं ६ जरलहवा गाछीमा आगलागी हुँदा एक सयभन्दा बढी घर जलेका थिए। आगलागीबाट ती परिवारका पाँच सय ७० भन्दा बढी सदस्य प्रभावित भएका छन्। जसमध्ये २० वर्ष मुनिका तीन सय ७१ जना बालबालिकाहरू रहेका छन्।

प्रकाशित: २७ वैशाख २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =