समृद्ध विश्वका लागि अकाउन्टिङ

हिमाल प्रेस ६ माघ २०७९ ११:४२
4
SHARES
समृद्ध विश्वका लागि अकाउन्टिङ तस्बिर स्राेत: एसीसीए ग्लाेबल।

काठमाडाैँ- अकाउन्टिङ पेसाले विश्वलाई पारदर्शी बनाउन र परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले विशेषगरी समतामूलक, हरित र समावेशी भविष्यमा केन्द्रित गर्दछ। एसीसीएले पछिल्लो अध्ययन प्रतिवेदनले अकाउन्टिङ पेसाको भविष्यबारे सात तथ्य उजागर गरेको छ।

लचिलो अर्थतन्त्र, दक्षता, दिगोपन, उन्नत मापदण्ड तथा अनुगमन, सार्वजनिक क्षेत्रको रूपान्तरण, साना व्यवसायलाई सहयोग, विश्वास तथा नैतिकताजस्ता विषय यो प्रतिवेदनले औँल्याएको छ।

लचिलो अर्थतन्त्र

सबै प्रकारका संगठनबीचको निर्णायक भूमिकाले अकाउन्टेन्सीलाई विश्वव्यापी अर्थतन्त्रमा ‘सुपर–कनेक्टर’ बनाउँछ। यो यस्तो पेसा हो जसले लचिलो र दिगो अर्थतन्त्रको लागि साझेदार, नियामक, सरकार र विश्वभरका दाता समुदायहरूसँग अन्तर्राष्ट्रिय व्यापार र सुशासनको पक्षधरता लिन्छ।

दक्षता

अर्को पुस्ताको प्रतिभालाई लेखा पेशामा आकर्षित गर्नु अत्यावश्यक छ। यसले अत्याधुनिक विश्वव्यापी शिक्षा र सिकाइ कार्यक्रममार्फत् कार्यस्थलका महत्त्वपूर्ण सीप प्रयोगमा ल्याउँछ। यसले प्रोफेशनलको क्यरियरलाई बलियो र आकर्षक बनाउँछ।

दिगोपन

एकाउन्टेन्टहरूले संगठनलाई दीर्घकालीन मूल्य सिर्जना गर्न मद्दत गर्न अग्रणी भूमिका खेल्छन्। जसले सबै सरोकारवालाहरूलाई फाइदा पुर्‍याउँछ। व्यापार कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहीता बनाउन, जलवायु परिवर्तनसँग लड्न काम गर्ने र व्यवसायलाई दीर्घकालीन बनाउन यो पेसाको महत्त्वपूर्ण भूमिका रहन्छ।

उन्नत मापदण्ड तथा अनुगमन

पेसाको रूपमा लेखाले प्रभावकारी, व्यावहारिक प्रतिवेदन मापदण्ड र नियमनहरू विकास गर्न काम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। जुन पुँजी बजारमा विश्वासको आधार हो। यसले विश्वलाई सामाजिक र वातावरणीय चुनौतीहरूको जवाफ दिन मद्दत पनि गर्दछ।

 सार्वजनिक क्षेत्रको रूपान्तरण

लेखा सार्वजनिक क्षेत्रको रूपान्तरणको केन्द्रमा छ। सीप सुधार गर्दै र सुधारिएको वित्तीय व्यवस्थापन प्रदान गर्न मद्दत गर्दछ। नेतृत्व नीति र निर्णयमार्फत् यसले विश्वव्यापी समाजमा थप डिजिटल, हरित र समान भविष्य बनाउन भूमिका खेल्छ।

साना व्यवसायलाई सहयोग

अकाउन्टिङ पेसा बढ्दो उद्यमशील अर्थतन्त्रको मुटुमा रहेको आधारभूत स्तम्भ हो। ठूला मात्रै होइन साना अकाउन्टिङ फर्महरूले पनि स्थानीय व्यापार वृद्धिलाई समर्थन गर्न नवीन प्रविधि प्रयोग गर्छन्। यसले नेतृत्व सेवा प्रदान गर्दै विश्वसनीय सल्लाहकारको भूमिका खेल्दछ।

विश्वास तथा नैतिकता

अकाउन्टिङ पेसाले व्यवसाय, सरकार र संस्थाको विश्वास पुनर्स्थापना र सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्नेमा विवाद छैन। यसको उद्देश्य सार्वजनिक हितको सेवा गर्नु, सेवाग्राहीको विश्वास जित्नु र उत्कृष्ट सेवाको लागि ‘कर्पोरेट कल्चर’ बसाउनु हो।

यी उदीयमान अवसरलाई जीवन्त बनाउन ‘केस स्टडी’ र व्यक्तिगत कथाहरू प्रयोग गर्दै, प्रतिवेदनले अकाउन्टेन्सी पेसालाई अझ समृद्ध विश्वव्यापी अर्थतन्त्र र व्यापारिक वातावरण निर्माण गर्ने केन्द्रबिन्दुको रूपमा वर्णन गरेको छ।

एसीसीए जिमी लेयोनले अकाउन्टिङ पेसाका सात प्राथमिकताका रूपरेखालाई थप व्याख्या गरेका छन्। उनी भन्छन्, ‘जलवायु परिवर्तनदेखि विश्वव्यापी सार्वजनिक क्षेत्रको विकसित भूमिकासम्म, नियमनको भविष्यलाई आकार दिनेदेखि उदीयमान अर्थतन्त्रमा दिगो वृद्धि गर्न अकाउन्टिङको अह्म भूमिका अवसर हुन्छन्।’

अकाउन्टेन्सीको महत्त्व

अब पहिलेभन्दा बढी हामीले अगाडि हेर्नुपर्छ। भावी पुस्ताहरूप्रति हाम्रो जिम्मेवारीलाई विचार गर्नुपर्छ। हामीलाई सबैका लागि काम गर्ने राम्रो र पारदर्शी संसार चाहिन्छ। हामीले दिगो आर्थिक विकासका लागि नयाँ परिभाषा र प्रयोग गर्न आवश्यक छ। विगतका पाठ सिकेर सकारात्मक पाटोलाई अँगालेर व्यवसाय, नीति निर्माता, सार्वजनिक क्षेत्र र फराकिलो समाजबीचको नयाँ सम्बन्धलाई आकार दिन आवश्यक छ।

यो सम्बन्ध जसले प्रविधि र काम गर्ने नयाँ तरिकाहरू प्रयोग गरेर विश्वलाई आवश्यक पर्ने महत्त्वपूर्ण परिवर्तनलाई अगाडि बढाउँछ। अकाउन्टिङ पेसा यो लक्ष्य प्राप्त गर्न दृढ छ। आधुनिक अर्थतन्त्रको कार्यमा आधारित सुशासन र नियमहरूको विश्वव्यापी मापदण्ड विकास गर्न अकाउन्टिङले मद्दत गर्नेमा विवाद छैन।

ठूला संस्थाहरूको हृदयमा विश्वास जगाउने आश्वासन र वित्तीय व्यवस्थापनको अभ्यास प्रदान गरेर अकाउन्टिङ पेसाले सामाजिक प्रगतिको आधारशिला बनाउनेमा ढुक्क हुन सकिन्छ। अकाउन्टिङको आधारभूत सिद्धान्त भनेकै विश्वव्यापी पेसा हो। जुन सधैँ नैतिकताका साथ यसको मूल र सार्वजनिक हितमा काम गर्न प्रेरित गर्छ र यसले विश्वभरी आफ्नो जिम्मेवारी निर्वाह गर्दछ।

सीआईएमबी ग्रुप अध्यक्ष, एसीसीए काउन्सिल सदस्य एफसीसीए नासिर अहमदले अकाउन्टिङमा आबद्ध प्रोफेसनल पारदर्शी र समतामुलक विश्व बनाउन सक्षम भएको बताउँछन्। उनी भन्छन्, ‘दिगो व्यवसाय र अर्थतन्त्र सिर्जना गर्न व्यावहारिक सीप लागू गर्ने भएकाले गर्दा अकाउन्टिङमा आबद्ध एसीसीएका सदस्यले विश्वको व्यावसायिक वातावरणमा नै सकारात्मक प्रभाव पार्न सक्छन्।’ उनले दाबी गर्दै भनेका छन्, ‘किनभने एकाउन्टिङमा आबद्ध एसीसीका सदस्यमा उच्च नैतिकता, जिम्मेवारी र ज्ञान प्रयोग गरेर संसारलाई ‘लिड’ गर्ने क्षमता हुन्छ।’

प्रकाशित: ६ माघ २०७९ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =