कांग्रेस संसदीय दलको बैठक सुरु, देउवाले सरकारलाई विश्वासको मत दिन ह्विप जारी गर्ने

हिमाल प्रेस २६ पुष २०७९ १३:०४
6
SHARES
कांग्रेस संसदीय दलको बैठक सुरु, देउवाले सरकारलाई विश्वासको मत दिन ह्विप जारी गर्ने

काठमाडौँ- सरकारलाई विश्वासको मत दिने निर्णय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक संसद् भवनमा सुरू भएको छ। केहीबेर अघि बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने एक नेताले बताए।

एक नेताले भने, ‘सरकारलाई समर्थनभन्दा पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको हो। हामी प्रतिपक्षको भूमिकामा बस्छौँ।’

प्रकाशित: २६ पुष २०७९ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =