गण्डकीमा मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

हिमाल प्रेस २६ चैत २०८० १२:४२
66
SHARES
गण्डकीमा मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध मंगलबार अदालत जाने निर्णय गरेको हो।

सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ। गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन्। त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक पर्छ। सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित ३१ जनासहित बहुमत पुर्‍याएको छ।

बैठकमा कांग्रेसले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बोलाएर त्यहाँको वस्तुस्थितिबारे ब्रिफिङ लिइएको थियो।

त्यस्तै आजको बैठकले सहकारी ठगी प्रहरीमा रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयलाई बटम लाइन बनाउने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसले प्रतिनिधिसभाको विषयमा छलफल गर्नका लागि मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय समितिको बैठक पनि बोलाएको छ।

प्रकाशित: २६ चैत २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =