उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको प्रस्तावमा कांग्रेसको समर्थन

हिमाल प्रेस २७ चैत २०८० १५:४०
64
SHARES
उच्चस्तरीय छानबिन समिति बनाउने रास्वपाको प्रस्तावमा कांग्रेसको समर्थन विश्वप्रकाश शर्मा

काठमाडौँ- २०४७ सालपछि सार्वजनिक पदमा भएका सबैमाथि छानबिनका लागि ‘उच्चस्तरीय छानबिन समिति’ गठन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको मागमा कांग्रेसले पनि समर्थन जनाएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत रास्वपाको उक्त माग उपयुक्त भएको बताएका हुन्।

‘विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर `उच्चस्तरीय छानबिन समिति´को माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ। गठन गरौं,’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘सहकारी ठगिबारे `संसदीय छानबिन समिति´ गठन गरौं !’

सहकारी प्रकरणमा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेको नाम मुछिएपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दैै आइरहेको छ। जवाफमा रास्वपाले २०४७ पछिका सबैको छानबिन गर्न माग गरेको थियो। रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेले २०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका हुन्।

‘०४७ साल पछिका बालुवाटारदेखि सबै कान्डको छानबिन गर्न उच्च स्तरीय स्वतन्त्र छाबिन समिति गठन गरौँ न, एक व्यक्तिलाई टार्गेट किन ?,’ वाग्लेले भने, ‘आरोपको भरमा कुनै व्यक्तिलाई खुइल्याउने हैन, ग्रान्ड पब्लिक इन्क्वाइरी गर्न आह्वान छ।’

कांग्रेसलाई रास्वपाको काउन्टर : २०४७ सालपछिका विवादित सबै विषय छानबिन गरौँ

प्रकाशित: २७ चैत २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 14 =