उपनिर्वाचन : इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

हिमाल प्रेस २२ चैत २०८० १३:०५
100
SHARES
उपनिर्वाचन : इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ- वैशाख १५ मा हुने उपनिर्वाचनका नेपाली कांग्रेसले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। उम्मेदवार चयन गर्न निकै सकसमा परेको कांग्रेसले बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधसभा र बझाङ १(क) प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको हो।

कांग्रेसले इलाम २ मा जिल्ला सभापतिसमेत रहेका डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ। खड्का गत प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता सुवास नेम्बाङसँग पराजित उम्मेदवार हुन्। खड्का पार्टी सभापति शेरबहादुर देउवानिटक नेता हुन्। यहाँ कांग्रेस इतर समूहले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान लिइरहेको थियो। यहाँ नेम्बाङको निधनपछि उपनिर्वाचन हुन लागेको हो। त्यस्तै बझाङमा उम्मेदवार बनेका सिंह नेता पृथ्वीबहादुरका छोरा हुन्। उनको गाडी दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: २२ चैत २०८० १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eighteen =