इलाम-२ मा मतगणना सुरु गरिँदै

हिमाल प्रेस १६ वैशाख २०८१ ६:१५
28
SHARES
इलाम-२ मा मतगणना सुरु गरिँदै मतगणनाको प्रतिनिधिमूलक तस्बिर

इलाम- इलाम-२ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

शनिबार राति बसेको सर्वदलीय बैठकबाट सो निर्णय गरिएको हो। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ।

इलाम-२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो। निर्वाचन आयोगले सो क्षेत्रमा ५८ प्रतिशत मतदान भएको जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८१ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =