इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : आयोग

हिमाल प्रेस १५ वैशाख २०८१ २०:०९
12
SHARES
इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : आयोग

काठमाडौँ- निर्वाचन आयोगले इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खसेको जनाएको छ। इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा प्रदेशसभा सदस्य चयनका लागि आज उपनिर्वाचन भएको हो।

आयोगले दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको जनाएको छ। आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्ति अनुसार इलाम-२ मा ५८ प्रतिशत र बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ।

उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ-१ प्रदेशसभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए। २०७९ मंसिर ४ गते सम्पन्न इलाम-२ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ-१ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो।

इलाममा इलाम नगरपालिका-७ स्थित गौतम बुद्ध सभागृहमा आज ११ बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ। आयोगको भनाइमा बझाङको साइपाल गाउँपालिकाको तीन स्थानका मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने छ।

प्रकाशित: १५ वैशाख २०८१ २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =