सुहाङले १६ हजार मत कटाउँदा कांग्रेसको १० हजार ५ सय

हिमाल प्रेस १७ वैशाख २०८१ १७:२४
36
SHARES
सुहाङले १६ हजार मत कटाउँदा कांग्रेसको १० हजार ५ सय डम्बर र सुहाङ

काठमाडौँ- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार मत कटाएका छन्। ३९ हजार ४ सय २५ सदर मत गणना हुँदा सुहाङले १६ हजार २ सय १९ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १० हजार ५ सय ५७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय ६२ रहेको छ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ६ सय ४५ मत ल्याएका छन्। १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।

प्रकाशित: १७ वैशाख २०८१ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =