दीपेन्द्रको सानदार फिनिसिङमा अभ्यास खेलमा नेपालको जित

हिमाल प्रेस २ जेठ २०८१ ७:०७
46
SHARES
दीपेन्द्रको सानदार फिनिसिङमा अभ्यास खेलमा नेपालको जित

काठमाडौँ- टी-२० विश्वकप तयारीका लागि खेलाइएको पहिलो अभ्यास खेलमा नेपालले विनवार्ड्स भोलक्यानोजविरुद्ध जित हासिल गरेको छ। विश्वकपका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको नेपालले विनवार्ड्स भोलक्यानलाई ४ विकेटले जित हासिल गर्‍यो।

पार्क हिल मैदानमा १९७ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो।

खेलमा फिनिसर दीपेन्द्र सिंह ऐरीले सानदार प्रदर्शन गरे।

अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै ओभरमा २६ रन ल्याएका थिए। अन्तिम ओभरको पहिलो तीन बलमा सोमपाल कामीले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे। दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे।

नेपालका अघिल्लो क्रमका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झाले भने राम्रो गर्न सकेनन्।

सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ। त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ। त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ।

प्रकाशित: २ जेठ २०८१ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =