इलाममा आधा मत गनेर सकियो, एमालेका सुहाङ पाँच हजार बढी मतले अगाडि

हिमाल प्रेस १७ वैशाख २०८१ १६:२४
62
SHARES
इलाममा आधा मत गनेर सकियो, एमालेका सुहाङ पाँच हजार बढी मतले अगाडि डम्बर र सुहाङ

काठमाडौँ- बैशाख १५ गते भएको प्रतिनिधिसभाअन्तर्गत इलाम- २ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ। करिब ६९ हजार मत खसेको इलाममा सोमबार अपराह्न चार बजेसम्म आधा मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार ३५ हजार ६ सय ११ सदर मतगणना भइसकेकाे छ। निर्वाचन आयोगका अनुसार एमालेका सुहाङ नेम्वाङले लगातार मतान्तर बढाउँदै लगेका छन्।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार पहिलो स्थानमा रहेका नेम्वाङले १४ हजार ६ सय १३ मत पाएका छन्। दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बर खड्काले ९ हजार ३ सय ११ मत पाएका छन्।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमकाे मत ८ हजार ५ सय ७० छ। रास्वपाका मिलन लिम्बूले २ हजार ५७ मत पाएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =