शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गर्‍यो यस्तो पुस्तिका, समेटिए यी विषय

हिमाल प्रेस १५ वैशाख २०८१ १७:५७
1.2k
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गर्‍यो यस्तो पुस्तिका, समेटिए यी विषय

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ कार्यक्रम कार्यान्वयनसम्बन्धी सहजीकरण पुस्तिका–२०८० सार्वजनिक गरेको छ।

पुस्तकमा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७, राष्ट्रिय शिक्षा नीति, २०७६,पन्ध्रौं योजना (२०७६/०७७-२०८०/०८१),सोह्रौँ योजनाको अवधारणापत्र,राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ समेटिएका छन्।

त्यसैगरी अनौपचारिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०८०, विद्यालय शिक्षा क्षेत्र योजना (सन् २०२१-२०३०), साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र, दिगो विकास लक्ष्य (सन् २०१६-२०३०),अनौपचारिक शिक्षा तथा आजीवन सिकाइको उद्देश्य तथा सिकाइका स्वरूप, अनौपचारिक शिक्षा तथा आजीवन सिकाइका उद्देश्य, सिकाइका स्वरूप, अनौपचारिक शिक्षा तथा आजीवन सिकाइका कार्यक्रम कार्यान्वयन प्रक्रिया, अनौपचारिक शिक्षा तथा आजीवन सिकाइका कार्यक्रम कार्यान्वयनसम्बन्धी प्रक्रिया, साक्षरता कार्यक्रम, वैकल्पिक शैक्षिक कार्यक्रम (तह १-३), अनौपचारिक तथा खुला सिकाइ (तह ४-५), आजीवन सिकाइसम्बन्धी (राष्ट्रिय योग्यता प्रारूप) कार्यक्रम समेटिएका छन्।

यस्ताे छ पुस्तिका

प्रकाशित: १५ वैशाख २०८१ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =