कांग्रेसका प्रवक्ता भन्छन् : इलाम २ को उम्मेदवार आजै टुंगिन्छ

हिमाल प्रेस २१ चैत २०८० १८:२१
18
SHARES
कांग्रेसका प्रवक्ता भन्छन् : इलाम २ को उम्मेदवार आजै टुंगिन्छ

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार आज (बुधबार) टुंगिने बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आजै(बुधबार नै) उम्मेदवार तय गर्ने बताए।

उनले अब उम्मेदवार चयन गर्न ढिला गर्नु आवश्यक नभएको बताए। त्यस्तै उनले नेपाली कांग्रेसजस्तो संसदीय मर्यादामा चल्ने अरु कुनै पार्टी नभएको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले ठूला ठूला कुरा गरे पनि उनीहरूलाई कुनै मर्यादाको बारेमा थाहा नभएको बताए।

प्रवक्ता महतले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता भएका कारण संसदीय छानबिन समिति बनाउन तयार नभएको बताए।

प्रकाशित: २१ चैत २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =