राप्रपाको प्रदर्शनमा बल प्रयोग गरिएको भन्दै कांग्रेस गण्डकी संसदीय दलको आपत्ति

हिमाल प्रेस २७ चैत २०८० १८:११
36
SHARES
राप्रपाको प्रदर्शनमा बल प्रयोग गरिएको भन्दै कांग्रेस गण्डकी संसदीय दलको आपत्ति कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे।

काठमाडौँ- राज्यले आफूले उठाउँदै आएको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनीमा राज्यले बल प्रयोग गरेको भन्दै कांग्रेस गण्डकी संसदीय दलले आपत्ति जनाएको छ।

कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्ति जारी गरी राप्रपाको शान्तिपूर्ण आन्दोलनमा राज्यको तर्फबाट बल प्रयोग हुनु दुखद् भएको बताएका हुन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा गरेको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यका तर्फबाट बल प्रयोग हुनु दुखद् विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा सहभागीलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ।’

पाण्डेले घटनाको घोर निन्दा गर्दै घाइतेको उपचार गर्न र पक्राउ परेकालाई बिनासर्त रिहाइ गर्न पनि माग गरेका छन्। साथै उनले घाइतेको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

आज काठमाडौँमा राप्रपाको प्रदर्शनीमा पटकपटक प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।

प्रकाशित: २७ चैत २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =