देउवाद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन

हिमाल प्रेस २४ वैशाख २०८१ १५:५७
18
SHARES
देउवाद्वारा आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसले आपूर्ति तथा उपभोक्ता विभागमा सदस्यहरू मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यस्ता छन् मनोनयन भएका सदस्यहरूमा फुलकुमार लालवाणि मोरङ, मनोहरि तिवारी काठमाडौँ, पदमबहादुर रावल मुगु, प्रेमलाल महर्जन ललितपुर, देविका नेपाली दाङ, किरण भगत सप्तरी, महेन्द्र काफ्ले तेह्रथुम, निर्मला सुवेदी रौतहट, तपेन्द्रबहादुर शाह अछाम र माधव तिमिल्सिना काठमाडौँ रहेका छन्।

प्रकाशित: २४ वैशाख २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =