कांग्रेस संसदीय दलको बैठक स्थगित

हिमाल प्रेस २७ वैशाख २०८१ १२:०५
18
SHARES
कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ। पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनका कारण कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको हो।

संविधानसभा सदस्य समेत रहेका गुरुङको यही वैशाख २५ गते निधन भएको थियो। गुरुङको अन्त्येष्टि संस्कार आज हुने भएपछि कांग्रेसले शुक्रबार बिहान ८ः३० बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी स्थगित भएको नेपाली कांग्रेस संसदीय दल सचिवालयले जानकारी दिएको छ। आज संसदीय दलको बैठक राखेर संसद्‌मा कांग्रेसको आगामी रणनीति तय गर्ने तयारी थियो।

प्रकाशित: २७ वैशाख २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =