कञ्चनपुर : चिसो लागेसँगै घट्यो डेंगु

हिमाल प्रेस २४ मंसिर २०७९ ८:३१
2
SHARE
कञ्चनपुर : चिसो लागेसँगै घट्यो डेंगु

काठमाडौँ- चिसो सुरु भएसँगै कञ्चनपुरमा डेंगुको संक्रमण घट्दै गएको छ। केही महिनाअघिसम्म तीव्ररूपमा फैलिएको डेंगुको संक्रमण कम हुँदै गएको हो।

एक महिनाअघिको तुलनामा संक्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए। ‘पछिल्लो केही महिनायता डेंगु संक्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने।

चिसोमा डेंगुको सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले संक्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए।

स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि संक्रमणमा कमी आएको उनले बताए। महाकाली अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी फाट्टफुट्ट आउने गरेका छन्। उनले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन्।’

महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेंगुका बिरामी फेला परेका थिए।

प्रकाशित: २४ मंसिर २०७९ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =