सुदूरपश्चिममा डेंगु : ८७७ संक्रमित, ५ जनाको मृत्यु

हिमाल प्रेस ९ असोज २०८० २०:१४
8
SHARES
सुदूरपश्चिममा डेंगु : ८७७ संक्रमित, ५ जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

कञ्चनपुर- बितेका आठ महिनामा सुदूरपश्चिममा ८७७ जनालाई डेंगुको संक्रमण देखिएको छ। सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेंगु संक्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा गरी गरी तीन जनाको मृत्यु भएको जानकारी दिए। ‘तथ्यांकअनुसार यहाँ गत माघयता ८७७ जनामा संक्रमण देखिसकेको छ,’ उनले भने, ‘तर पछिल्लो समय संक्रमण नियन्त्रण हुँदै आएको छ।’

यहाँ सुदूरपश्चिम प्रदेश सरकारले संक्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लाका स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

यहाँ गत माघदेखि हालसम्म कैलालीमा ३७६, दार्चुलामा १९६, कञ्चनपुरमा १५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा ९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेंगुको संक्रमण यस पटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ। संक्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हात खुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ।

प्रकाशित: ९ असोज २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =