श्रीलंकामा फैलँदै डेंगु, दुई महिनामा १५ हजार बिरामी

हिमाल प्रेस ११ फागुन २०८० १८:३५
6
SHARES
श्रीलंकामा फैलँदै डेंगु, दुई महिनामा १५ हजार बिरामी

कोलम्बो (रासस-सिन्ह्वा) – श्रीलंकामा सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगुका बिरामीहरू भेटिएका छन्। डेंगु सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगु नियन्त्रण एकाइले शुक्रबार जनाएको छ।

एकाइद्वारा गरिएको पछिल्लो अपडेटअनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने फेब्रुअरीमा ४ हजार ९९६ जनामा सङ्क्रमण देखिएको छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २७५ जनामा सङ्क्रमण देखिएको छ। उत्तरी प्रान्तमा ३ हजार ६६७ जनामा सङ्क्रमण देखिएको छ।

गत वर्ष ८८ हजार जना डेंगुका बिरामी फेला परेका थिए, जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित: ११ फागुन २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =