डेंगुबाट एक जनाको मृत्यु

हिमाल प्रेस २६ साउन २०८० ९:५५
10
SHARES
डेंगुबाट एक जनाको मृत्यु सांकेतिक तस्बिर।

मकवानपुर- डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ मा डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो। जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेंगुको संक्रमण देखिएको सूचना अधिकारी केसीले बताए।

पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो। संक्रमित मध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए। चितवनका ३० जनामा डेंगुको संक्रमण देखिएको छ।

गत आर्थिक वर्षमा डेंगुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो। जसमध्ये चार जना चितवनका थिए।

प्रकाशित: २६ साउन २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =