डेंगुको संक्रमणबाट ४२ दिनकी सुत्केरीको मृत्यु

हिमाल प्रेस १२ भदौ २०८० २१:१०
14
SHARES
डेंगुको संक्रमणबाट ४२ दिनकी सुत्केरीको मृत्यु प्रतीकात्मक तस्बिर।

उदयपुर- रौतामाई गाउँपालिका-७ की ४२ दिनकी एक सुत्केरीको डेंगु संक्रमणका कारण मृत्यु भएको छ। रौतामाई गाउँपालिकाका अनुसार डेंगु संक्रमणबाट मृत्यु हुने महिला रौतामाई-७, शिखर गाउँकी २४ वर्षीया सुमित्रा मगर रहेकी छन्।

सो गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरका अनुसार सुमित्रालाई डेंगु संक्रमण भएपछि उपचारका लागि जिल्ला अस्पताल गाईघाटमा जाँच गराएर उपचार गराएको र जिल्ला अस्पताल उदयपुरले अन्यत्र रेफर गरेपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगेर उपचार भइरहेको थियो।

उपचारका क्रममा सोमबार सुमित्राको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष मगरले बताए। सोमबार नै उनको शवलाई गाउँमा ल्याएर मगर संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष मगरले बताए।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजारको संख्यामा डेंगुबाट संक्रमित भइसकेका छन्। दुई जनाको मृत्यु भएको छ। -रासस

प्रकाशित: १२ भदौ २०८० २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =