डेंगु फैलिएपछि धरानमा स्वास्थ्य आपत्‌काल घोषणा गर्न माग

हिमाल प्रेस २६ साउन २०८० २१:०४
8
SHARES
डेंगु फैलिएपछि धरानमा स्वास्थ्य आपत्‌काल घोषणा गर्न माग

इटहरी- डेंगु रोगको महामारी फैलिएको धरानमा जनस्वास्थ्यको आपतकाल घोषणा गर्न सरकारसँग माग गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले धरान उपमहानगरपालिकालाई आपत्‌कालीन अवस्था घोषणा गर्न गृह मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई आग्रह गरेको हो।

डेंगु संक्रमणले सुनसरीका १२ वटै स्थानीय तहहरूमा ८ हजार ४ सय ९२ जना बिरामी हुनुका साथै धरानमा मात्र ९ जनाको मृत्यु भएकाले आपत्‌कालीन अवस्था घोषणा गर्न संघीय र प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

डेंगु रोगको तीव्र संक्रमण फैलिइरहेको हुनाले धरानलाई घोषणाका लागि जिल्ला विपत् व्यवस्थापन समितिलाई स्वास्थ्य कार्यालय सुनसरीले साउन २१ गते आग्रह गरेको थियो।

उक्त आग्रहलाई सोही दिन बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट समेत निर्णय भएकोले धरानलाई स्वास्थ्य आपत्‌कालीन अवस्था घोषणा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्।

प्रकाशित: २६ साउन २०८० २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =