फर्कँदै प्रिमियर लिग : आर्टेटालाई पुरानो लय समात्ने चुनौती, लिभरपुल चाहन्छ ताजा सुरुवात

हिमाल प्रेस ९ पुष २०७९ २२:१०
14
SHARES
फर्कँदै प्रिमियर लिग : आर्टेटालाई पुरानो लय समात्ने चुनौती, लिभरपुल चाहन्छ ताजा सुरुवात

काठमाडौँ- एक महिनाको विश्रामपछि इंग्लिस प्रिमियर लिग फर्कदैछ। आउँदो सोमबार सात खेल हुनेछन्। लिग लिडर आर्सनलले लन्डन डर्बीमा वेस्टह्याम युनाइटेडको सामना गर्ने तालिका छ। विश्राम हुनुअघि आर्सनल बलियो लयमा थियो। १४ खेलमध्ये एकमा मात्र पराजय भोगेको आर्सनल ३७ अंकसहित पहिलो स्थानमा छ।

विश्वकप सकिन साथ फेरि सुरु हुन लागेको प्रिमियर लिगमा आर्सनलले उही लय कायम राख्ला? यो चिन्ता प्रशिक्षक मिकेल आर्टेटालाई छ। यसकारण उनले आफ्ना खेलाडीलाई पुरानै तरिकाले खेल्न आह्वान् गरेका छन्। त्यसो गरेमात्र आर्सनल लिग उपाधि नजिक पुग्नसक्ने आर्टेटाको भनाइ छ। आर्सनलले सन् २००४ यता लिग जित्न सकेको छैन।

आर्सनल अहिले जहाँ छ, यो स्थान प्रिमियर लिग पछ्याउनेले गरेको अनुमानभन्दा फरक हो। आर्सनल शीर्ष चारका लागि भिड्नेछ भन्ने अनुमान थियो। तर डिफेन्डिङ च्याम्पियनलाई पछि पारेर शीर्ष स्थानमा रहला भनेर कमैले आश गरेका थिए।

सुरुका पाँच खेल लगातार जितेपछि भने आर्सनललाई उपाधि दाबेदार मान्न थालिएको हो। यद्यपि आर्सनल यही रफ्तारमा दौडिन सक्छ कि सक्दैन भन्ने प्रश्न चाहिँ यथावत थियो। फेरि म्यानचेस्टर युनाइटेडसँग हार भोगेपछि आर्सनलको लयमा ब्रेक लागेको अनुमान गरियो। तर त्यसपछि खेलेका आठ खेलमध्ये सातमा जित हासिल गरेर आर्सनलले आफू उपाधि होडमा रहेको जनाउ दियो।

आर्सनल अहिले जहाँ छ, यो स्थान प्रिमियर लिग पछ्याउनेले गरेको अनुमानभन्दा फरक हो। आर्सनल शीर्ष चारका लागि भिड्नेछ भन्ने अनुमान थियो। तर डिफेन्डिङ च्याम्पियनलाई पछि पारेर शीर्ष स्थानमा रहला भनेर कमैले आश गरेका थिए।

इमिरेट्समा हुने वेस्टह्यामसँगको खेल आर्सनलले विश्वकपपछिको खेल्ने पहिलो हुनेछ। ‘म मेरा खेलाडी विश्वकपअघिकै मनस्थितिमै छन् भन्नेमा आसावादी छु। हामीले जति स्थिर खेल देखाउँछौँ, त्यति नै उपाधिको नजिक पुग्नेछौँ। यो यात्रा उत्साहजनक छ। उत्साहित हुनु पनि पर्छ। किनभने हाम्रा अगाडि निकै ठूलो अवसर छ,’ सहरी प्रतिद्वन्द्वी वेस्टह्यासँग भिड्नुअघि आर्टेटाले भने।

आर्सनलभन्दा पाँच अंकले पछि रहेको म्यानचेस्टर सिटीले भने बुधबार राति लिड्स युनाइटेडको सामना गर्दैछ। तेस्रो स्थानको न्युकासल युनाइटेडले लेस्टर सिटीको सामना गर्दैछ।

साउदी अरबले स्वामित्व लिएपछि जागेको न्युकासल र च्याम्पियन सिटीबीच मात्र दुुई अंकको दूरी छ। उपाधिबाट नजर नहटाएको न्युकासलले केही दिनअघि लिग कपमा बर्नमाउथलाई पराजित गरेको थियो। त्यस खेलमा न्युकासलले विश्वकप खेलेका आफ्ना पाँचै खेलाडीलाई मैदान उतार्‍यो। सन् १९५५ देखि उपाधिविहीन रहेको न्युकासलका लागि यसपालि शीर्ष चारको छनोट नै ठूलो सफलता हुनेछ। यद्यपि शीर्ष चारको दौडमा शीर्ष तीन टिमबाहेक टोटनहम र युनाइटेड पनि छन्।

युनाइटेड हाल २६ अंक बटुलेर पाँचौँ स्थानमा छ। ऊ र चौथो स्थानमा रहेको टोटनहमबीछ तीन अंकको दूरी छ। छैटौँ स्थानमा रहेको लिभरपुल चाहिँ युनाइटेडभन्दा चार अंकले पछि छ। लिगमा अझै २४ खेल हुन बाँकी रहेकाले शीर्ष चार र उपाधि दौड पेचिलो हुने देखिन्छ।

सन् १९५५ देखि उपाधिविहीन रहेको न्युकासलका लागि यसपालि शीर्ष चारको छनोट नै ठूलो सफलता हुनेछ। यद्यपि शीर्ष चारको दौडमा शीर्ष तीन टिमबाहेक टोटनहम र युनाइटेड पनि छन्।

युनाइटेड शीर्ष चारमै पर्नैपर्ने दबाबमा छ। एरिक टेन हाग युनाइटेड जस्तै अरु टिम पनि दबाबमै रहेको अनुमान लगाउँछन्। ‘चेल्सी र न्युकासलले खेलाडी खरिदमा ठूलो लगानी गरेका छन्। यसकारण यी टिमका प्रशिक्षक पनि स्वतः दबाबमा छन्। प्रिमियर लिगका ठूला क्लबका लागि च्याम्पियन्स लिग छनोट न्यूनतम लक्ष्य हो। यस्तोमा हामी सबैले दबाब महसुस गरिरहेकै छौँ,’ यसैपालि युनाइटेडको प्रशिक्षक बनेका टेन हाग भन्छन्।

यो साता टोटनहमको भेट ब्रेन्टफोर्डसँग हुँदैछ। ब्रेन्टफोर्डको मैदानमा हुने खेलका लागि ह्यारी केन मानसिक रुपमा तयार रहेको विश्वास एन्टोनियो कोन्टेको छ। विश्वकप क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध पेनाल्टी खेर फालेका केनबारे आफू त्यति धेरै चिन्तिति नरहेको कोन्टेको भनाइ छ।

लिगको पुछारमा रहेको उल्भरह्याम्पटन जसरी हुन्छ रेलिगेसनबाट बच्न चाहन्छ। यो उद्देश्य पूरा गर्न उसले प्रशिक्षक नै परिवर्तन गरेको छ।

कम्तीमा लिभरपुलका लागि विश्वकप सुरु भएको समय सही थियो। खराब प्रदर्शन गरिरहेको लिभरपुललाई विश्राम चाहिएको थियो। कतारमा विश्वकप चलिरहँदा संयुक्त अरब इमिरेट्स (यूएई) मा प्रशिक्षण गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलेको लिभरपुल अब ‘रिफ्रेस’ भएको अनुमान छ। कमसेकम शीर्ष चारमा पर्ने लक्ष्य राखेको लिभरपुलले लिग कपमा सिटीसँग हार व्यहोरेको थियो। प्रिमियर लिगमा भने उसले यो साता एस्टन भिल्लाको सामना गर्दैछ।

लिगको पुछारमा रहेको उल्भरह्याम्पटन जसरी हुन्छ रेलिगेसनबाट बच्न चाहन्छ। यो उद्देश्य पूरा गर्न उसले प्रशिक्षक नै परिवर्तन गरेको छ। स्पेनको राष्ट्रिय टिमका साथै ला लिगामा रियल म्याड्रिड, सेभिया जस्ता क्लब सम्हालिसकेका युलेन लोपेटेगीले उल्भरह्याम्पटनको जिम्मेवारी लिएका छन्। लिग कपमार्फत इंग्लिस फुटबलमा डेब्यु गरिसकेका लोपेटेगीका लागि एभरटन प्रिमियर लिगको पहिलो विपक्षी हुनेछ। सोमबार नै फुलहम र क्रिस्टल प्यालेस पनि आमनेसामने हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =