म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्दै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा

हिमाल प्रेस २१ फागुन २०८० ६:५८
8
SHARES
म्यानचेस्टर डर्बीमा पुनरागमन जित निकाल्दै सिटी प्रिमियर लिगको दोस्रो स्थानमा

काठमाडौँ- इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

सिटीले आफ्नै घरेलु मैदानमा युनाइटेडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको हो। सिटीका लागि फिल फोडेनले दुई तथा एरलिङ हालान्डले एक गोल गरे।

खेलमा अग्रता भने युनाइटेडले लिएको थियो। खेलको आठौं मिनेटमा मार्कस र्‍यासफर्डले बक्स बाहिरबाट शक्तिशाली प्रहारले गोल गर्दै खेलमा युनाइटेडलाई अग्रता दिलाएका थिए।

सिटीले भने पहिलो गोल गर्न दोस्रो हाफ कुर्नु परेको थियो। ५६औं मिनेटमा फोडेनले पनि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेलमा बराबरी गरे।

८०औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए। जुलियन अल्भारेजको पास लिंदै बक्स भित्रबाट राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए।

त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित गरे।

जितपछि दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६२ अंक भएको छ। पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अंक रहेको छ। युनाइटेड भने २७ खेलमा ४४ अंकसहित छैठौं स्थानमा छ।

प्रकाशित: २१ फागुन २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =