पार्टी फुटेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

हिमाल प्रेस २७ वैशाख २०८१ १४:२०
16
SHARES
पार्टी फुटेपछि जसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही वैशाख ३१ र जेठ १ मा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए।

अशोक राईको नेतृत्वमा जसपा नेपाल फुटेपछि पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाइएको हो।

प्रकाशित: २७ वैशाख २०८१ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =