कैलाली ५ मा निर्वाचन अधिकृत रिंगटा चलेर ढले

चाँडो मतगणना माग गर्दै नाराबाजी

हिमाल प्रेस ५ मंसिर २०७९ १६:४४
44
SHARES
कैलाली ५ मा निर्वाचन अधिकृत रिंगटा चलेर ढले

धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयअगाडि नाराबाजी गरिएको छ। सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भए पनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।

उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओम अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूदसमेत नाराबाजी गरेका छन्। मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउँदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए तर साढे ४ बज्दा समेत गणना भएको छैन।

सर्वदलिय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले संगोल रूपमा गणना गर्न माग गरेपछि विवाद भएको थियो। सोही क्रममा उनी रिंगटा चलेर ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरेका थिए। चिकित्सकले अरू समस्या नभएकाले केहीबेर आराम गर्न सुझाव दिएका थिए।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याकै कारण मतगणनामा ढिलाइ भएको बताएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =