संसद्‌मा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन

हिमाल प्रेस २५ वैशाख २०८१ १४:४५
16
SHARES
संसद्‌मा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन रवि लामिछाने

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् । सभामुखलाई सम्बोधन गर्दै उनले यस्तो निवेदन दिएका हुन् । उनको निवेदन सचिवालयमा दर्ता भएको छ ।

‘मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरू उठाउनुभएको थियो । सो सम्बन्धमा मैले संसदेमा उपस्थित भै सार्वभौम सांसदमार्फत् आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसद्मा उत्पन्न भएको गतिरोधका कारण सम्भव भएन,’ निवेदनमा भनिएको छ ।

सहकारी प्रकरणमा नाम जोडिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै आइरहेको छ।

यस्तो छ लामिछानेको पत्र

प्रकाशित: २५ वैशाख २०८१ १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =