लुम्बिनी एमाले अधिवेशन : पर्खाइ मतदानको (तस्बिरहरू)

विनोद परियार १८ भदौ २०८० २१:०६
26
SHARES
लुम्बिनी एमाले अधिवेशन : पर्खाइ मतदानको (तस्बिरहरू)

लुम्बिनी- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदानको तयारी भइरहेको छ। राति ८ बजेदेखि मतदान हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।

मतपत्र छपाइ भएर तयार पारिएकाले १० बजेभित्र मतदान सुरु हुने निर्वाचन आयोगका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए।

भदौ १६ र १७ गतेका लागि तय गरिएको अधिवेशन थप एक दिन लम्बिएको र त्यसमा पनि समयमा मतदान नभएकोमा प्रतिनिधिहरूले नेतृत्वप्रति अन्तुष्टि जनाएका छन्।

मतदाताहरू बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बाहिर मतदानको पर्खाइमा छन्। अध्यक्ष पदमा राधाकृष्ण कँडेल र हरिप्रसाद रिजाल चुनावी मैदानमा छन्।

प्रकाशित: १८ भदौ २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =