राष्ट्रियसभा उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने

हिमाल प्रेस २२ चैत २०८० १४:४३
10
SHARES
राष्ट्रियसभा उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने विमला घिमिरे

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष पदमा नेकपा एमालेले आफ्नो उम्मेदवार तय गरेको छ। एमालेले राष्ट्रियसभा सदस्य विमला घिमिरेलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाउने भएको हो। सत्ता गठबन्धन दलबीच राष्ट्रियसभा उपाध्यक्ष कुन दलले पाउने भन्ने विषयको वास्तविकता नबाहिरिएको समयमा एमालेले घिमिरेलाई अघि सारेको हो।
राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ

सत्ता गठबन्धनबीच सुरुमा एमालेलाई राष्ट्रियसभा उपाध्यक्ष पद दिने सहमति भए पनि पछि उक्त गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि थपिएपछि सहमति पत्रमा एमालेलाई उपाध्यक्ष दिने बुँदा हटाइएको थियो। त्यसपछि नेकपा एकीकृत समाजवादीलाई राष्ट्रियसभाको उपाध्यक्ष पद दिने सहमति भएको विषयले पनि चर्चा पाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =