कर्णाली प्रदेश : एमाले कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस

हिमाल प्रेस २७ चैत २०८० १७:४७
6
SHARES
कर्णाली प्रदेश : एमाले कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस यामलाल कँडेल।

काठमाडौँ- कर्णाली प्रदेशमा एमालेका संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस भएको छ। प्रदेश प्रमुखले दाबी पेसका लागि आह्वान गरेको आज अन्तिम दिन एमालेका सभामुखसहित १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक जना सांसदकाे समर्थन गरेका छन्।

कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदकाे मत आवश्यक पर्छ। मुख्यमन्त्रीका लागि दाबी पेस गरे पनि सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डाकाे विषय भने टुंगिएकाे छैन। यसअघि यहाँ नेकपा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री थिए। तर केन्द्रको सत्तागठबन्धन फेरिएसँगै कर्णाली एमालेको भागमा पर्‍यो र कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

प्रकाशित: २७ चैत २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =