कांग्रेसले अडान नछोडेपछि रवि लामिछानेको प्रश्न : नजिर बसाउन सबै तयार हो?

हिमाल प्रेस २५ वैशाख २०८१ १५:०२
64
SHARES
कांग्रेसले अडान नछोडेपछि रवि लामिछानेको प्रश्न : नजिर बसाउन सबै तयार हो?

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धको संसदीय छानबिन समिति के का लागि भन्दै प्रश्न गरेका छन्। सभामुखले बोलाएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘छानबिन समिति कस्तो बनाउने ? किन बनाउने ? बनाएर कस्तो नजिर बसाउने?,’ उनले सोधे, ‘उजुरी कहीँ त परेको हुनुपर्छ नि ! कतै दर्ता नभई उजुरीको आधारमा समिति बनाउने हो भने समिति बनाउने नजिर बसाउन सबै तयार हो ?’

उनले सर्वदलीय सहमति गर्न सबै तयार हुनुपर्ने बताए। उनले पीडितहरुले बनाएको संघर्ष समितिमा पनि आफ्नो नाम नभएको उल्लेख गर्दै मिडियामा आएको भरमा समिति बनाउन नहुने बताए।

उनले जीबी राईको विषयमा मलेसियाका गृहमन्त्रीसँग फोनमा कुरा भएको बताए।‍‍‍ ‘भाग्न किन दिइयो ? गइसकेको मान्छे निकाल्न अलि जटिल छ तर निरन्तर लागिपरेका छौँ,’ उनले भने, ‘अहिले सरकारको प्राथमिकता बचतकर्ताको रकम कसरी फिर्ता गर्ने भन्ने हो।’

लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको कांग्रेसले आगामी बजेट अधिवेशन पनि चल्न नदिने चेतावनी दिइसकेको छ। सोही विषयमा छलफल गर्न र संसद् बैठक चलाउने बारे सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूसँग राय लिएका छन्। उक्त छलफलमा कांग्रेसले अडान नछोडेपछि सहमति भने जुटेन।

प्रकाशित: २५ वैशाख २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =