अवैध क्लिनिक चलाउने ४ जना पक्राउ

हिमाल प्रेस १२ साउन २०८० ९:१४
6
SHARES
अवैध क्लिनिक चलाउने ४ जना पक्राउ प्रतीकात्मक तस्बिर।

कैलाली- धनगढीमा अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जना पक्राउ परेका छन्।

बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका २ र ३ बाट अवैध मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले बताए ।

उनकाअनुसार वडा नम्बर ३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठलाई पनि पक्राउ गरिएको छ।

उनीहरूले प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १२ साउन २०८० ९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =