धनगढीको मुख्य सडकको शिलान्यास

हिमाल प्रेस १२ असार २०८० १३:३२
12
SHARES
धनगढीको मुख्य सडकको शिलान्यास

धनगढी- धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्म मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज कैलाली पुलदेखि क्याम्पस चोक सडकको शिलान्यास गरेका हुन्।

प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा वैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरि ठेक्का सम्झौता गरेको छ। २ किलोमिटर ३ सय मिटर लम्बाईको मुख्य सडक ३० मिटर चौडा बन्नेछ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी धनगढीको केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ। १४/१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ-डेढ मिटरको खानेपानी र टेलिफोनका लागि अन्डरग्राउण्ड पास हुने ईन्जिनियर भट्टले बताए।

उनले सडकको बीचमा २ मिटरको डिभाइडरसमेत रहने बताए। कैलाली पुल–क्याम्पस चोक सडक निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री देउवाले उद्घाटन गरेका हुन्।

मेयर गोपाल हमालले उक्त सडक खण्डमा पर्ने पक्की भौतिक संरचना भत्काउन घर धनीहरूलाई अपील गरेका थिए। कुनै रोकावट नगरी आफैँ आफ्ना संरचना भत्काएर सडक निर्माणका लागि सहयोग गर्ने ४२८ जना घरधनीलाई धनगढी उपमहानगरपालिकाले सम्मान पनि गरेको छ।

आफ्नो घर आफैँ भत्काएर उपमहानगरलाई सडक निर्माण गर्न सहयोग गर्ने घर धनीलाई सम्मान गर्न पाउँदा निकै उत्साहित भएको नगरप्रमुख गोपाल हमालले बताए।

प्रकाशित: १२ असार २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =