धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस १६ भदौ २०८० ९:१३
4
SHARES
धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ- धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका ५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

अटो तारानगरबाट राष्ट्र बैंक चोकतर्फ आउने क्रममा भित्रि सडकखण्डमा दुर्घटनामा परेको थियो।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रकाशित: १६ भदौ २०८० ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =